नेभिगेशन
देश

जेनजी सहिदहरुको सम्झनामा स्मृति दिवस

काठमाडौं । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।

यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ ।

गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गिता चौधरी लगायत कार्यक्रममा सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्