नेभिगेशन
देश

बाढी पिडितलाई राहत लिएर आयो चाईना एयरको अर्को जहाज

काठमाडौं। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि चीनले फेरि राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज आज उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।

चीन सरकारले चिनियाँ एयर फोर्सबाट यस अगाडि पनि पटक-पटक उद्धार टोली र उद्धारका लागि अत्यावश्यक सामग्रीसहित बाढी पीडितका लागि राहत सामाग्री पठाएको थियो।

China-Aid-1788879915.jpg
बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायत, थाईल्याण्ड, नर्वेलगायत राष्ट्रहरुले सहयोग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्