नेभिगेशन
देश

बाढीपिडितका लागि भक्तपुर नगरपालिकाको ७५ लाख ७१ हजार सहयोग

भक्तपुर। भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय  गरी सो सहयोग उपलब्ध गराइएको हो। 

जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ७९ रुपैयाँ ५२ पैसा आर्थिक सहयोग प्रदान गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जनाएका छन्।

राहत कोषमा भक्तपुर नगरपालिकाको तर्फबाट ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट १७ लाख ७९ हजार ९ सय ८७, सफाइ र ज्यालादारी मजदुरका तर्फबाट १ लाख ६८ हजार ५ सय ३१, जनप्रतिनिधिको तर्फबाट १ लाख र प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट १७ हजार ५ सय ७२ आर्थिक सहयोग गरिएको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्