नेभिगेशन
देश

भोटेकोशी बाढीपछि जंगलमा बास

धादिङ। भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आ  श्रयस्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्यांकमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ।

भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सबडिभिजन क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो।

प्रभावितका अनुसार होल्डिङ सेन्टरमा ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेका छन्। गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टरबाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आ श्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपडा, भाँडाकुँडा र झुलको अभाव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्