नेभिगेशन
देश

बेत्रावतीको एकै घरबाट निकाल्यो २४ शव

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्रबाट २४ वटा शव निकालिएको छ ।

भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बाढी आएको सातौं दिनमा आज शव भेटिएको हो । 

पहिचान खुल्न बाँकी रहकाले शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मानिस मृत फेला परेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्