नेभिगेशन
देश

रसुवा र नुवाकोटको २६ ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा

काठमाडौं । बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

हिजो मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचाैरका प्रभावितलाई सेफहाउस/किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल/भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्