नेभिगेशन
देश

बाढी प्रभावितलाई खाद्यान्न र खानेपानी पुर्याउन सांसदहरुसँग कृषिमन्त्रीको छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी सांसदहरूसँग छलफलमा जुटेकी छन् । उनले प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने विषयमा संसदहरूसँग छलफल गरेकी हुन् ।

छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।

प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाइएको बताइन् ।

छलफलमा सांसदहरूले पनि बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा जोड दिएका थिए ।

छलफलमा संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा सहभागी थिए । त्यसैगरी सांसद सुरेश चौधरी, सांसद जनक सिंह धामी, सांसद ओजस्वी श्रीचन, सांसद धर्म केसी, सांसद अनुश्का श्रेष्ठ, सांसद श्रद्धा कुँवर, सांसद सृजना श्रेष्ठ र सांसद राम लामाको पनि उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्