नेभिगेशन
देश

जलविद्युतमा बाढीको कहरः उद्धारका लागि हेलिकप्टर पुग्नलाई कठिनाई

काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू प्रभावित हुँदा आयोजनामा कार्यरत सयौँ कामदार समेत संकटमा परेका छन् भने उद्धार कार्यमा समेत कठिनाई भईरहेको जनाईको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ । ती आयोजनामा कार्यरतमध्ये ९ सय ३३ जना सम्पर्कविहीन बनेका थिए । उनीहरूमध्ये २ सय ५४ जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि ठूलो संख्यामा अझै सम्पर्कविहीन छन् । 

इप्पानका अनुसार अपर त्रिशूली–१ मा मात्रै ५७६ कामदारको अवस्था अज्ञात छ र सुरुङभित्र फसेको आशंकामा तत्काल उद्धार आवश्यक रहेको जनाएको छ ।

यता ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले थप हेलिकप्टर पठाएर नुवाकोट र रसुवाका आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार तीव्र पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्