नेभिगेशन
देश

दुग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिनेगरी काम हुँदैछः मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् ।

डीडीसीले देशभरका करिब २ सय ३५ दुग्ध सहकारीलाई दूध खरिदबापत ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्री चौधरीले जानकारी दिइन् ।

मन्त्री चौधरीले भदौ १ गतेसम्म डीडीसीसँग १५० मेट्रिक टन दुध पाउडर र १३० मेट्रिक टन नौनी मौज्दात रहेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्