नेभिगेशन
देश

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरबाट महाराजगञ्ज वृत्तको हिरासतमा सारिएको छ।

वैयक्तिक गोपनीयतासम्बन्धी उजुरीका आधारमा २७ साउनमा पक्राउ परेका श्रेष्ठलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर रिटमा बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्