नेभिगेशन
देश

राष्ट्रिय सुरक्षा परिषद् बैठकः सुनसरी घट्नामा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३ औँ बैठक सम्पन्न भएको छ ।

बैठकमा साउन १० गते सुनसरीमा भएको घटना, त्यसले निम्त्याएको परिस्थिति र देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको छ । साथै, बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकमा आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवालासँग निरन्तर सम्वाद गर्नेबारे पनि छलफल भएको छ ।

साथै, विपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गरी समयमै खोज, उद्दार तथा राहतका कार्यहरू सुदृढ पार्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्