नेभिगेशन
देश

एनएफपिजे नेपालको आयोजनामा काठमाडौँमा ३ दिने फोटो पत्रकारिता तालिम सुरु

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजना र सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । काठमाडौँको थापाथलीस्थित ब्रिटिस कलेजमा आजदेखि तालिम सुरु भएको हो । असार २१ गतेसम्म सञ्चालन हुने यस तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी विधामा रुचि भएका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका संयोजक एवं महासचिव घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । तालिमको मुख्य ध्येय फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र समाचार तस्बिरहरूको प्राविधिक गुणस्तरमा सुधार ल्याउनु रहेको छ ।

​सहभागीहरूलाई फोटो पत्रकारिताको विकास, समाचार मूल्य, तस्बिर छनोट, फोटो क्याप्सन लेखन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन र भिजुअल स्टोरीटेलिङ (दृश्य कथन) जस्ता विषयमा प्रशिक्षण दिइँदै छ । यसका साथै आधुनिक डिजिटल प्रविधिको सही प्रयोग र फोटो पत्रकारिताको आचारसंहिता तथा नैतिकताका बारेमा पनि विस्तृत छलफल गराइने छ ।

तालिममा वरिष्ठ फोटो पत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य र एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्त लगायतका पदाधिकारीहरूले सहजीकरण गरिरहेका छन्। ​तालिम अवधिभर सहभागीहरूले सैद्धान्तिक ज्ञान हासिल गर्नुका साथै व्यावहारिक अभ्यास र फिल्ड फोटोग्राफीमा समेत सक्रिय सहभागिता जनाउने छन् ।

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताए ।

त्यस्तै आयोजक सस्थाका कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ सागरका अनुसार तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । संस्थाले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

तालिम सम्पन्न गराउन सहयोग पु¥याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजक सस्थाले आभार व्यक्त गरेको छ ।

तस्बिरहरुः एनएफपिजे नेपाल

NFPJ-Training-(5)-1783082145.jpeg

 

NFPJ-Training-(3)-1783082143.jpeg

NFPJ-Training-(2)-1783082143.jpegNFPJ-Training-(4)-1783082145.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्