नेभिगेशन
देश

विष्णु पौडेलको पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाई हुँदै

729413720_27220163507625383_7550996094130786111_n-1782302051.jpg
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन लागेको हो ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।

उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्