नेभिगेशन
देश

विकासका काम नगरेर होइन, झूटा प्रचार गरेर हामीलाई बदनाम गरेः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको दाबी गरेका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलकई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ । हाम्रा कमी-कमजोरीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो । बर्बाद पारेनौँ, अगाडि बढायौँ,’ उनले भने ।

आफूहरूले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेकोमा सत्यता नभएको उनको ठहर छ । उनले झूटा प्रचारहरू गरेर आफुहरुविरुद्ध अफवाह फैलाएर बदनाम गराएकाे आरोप समेत लगााए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्