नेभिगेशन
देश

रास्वपा महिला उपसभापतिमा तोसिमा कार्की र सोविता गौतम भिड्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा डा. तोसिमा कार्की र सोविता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरु पछि हटेका छन् । उनीहरुले सोवितालाई समर्थन गर्ने गरी पछि हटेको स्रोतले जानकारी दियो ।

तोसिमा र सोविताले पछि नहट्ने अडान लिएपछि निर्वाचन गर्नुपर्ने भएको हो । सोवितालाई सभापति लामिछानेको उम्मेदवारका रुपमा र तोसिमालाई पछिल्लो समय बालेननिकट रहेको मानिन्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्