नेभिगेशन
देश

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाउने सरकारको तयारी

चितवन । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा छलफल गरेकी छन् । रास्वापा महाधिवेशन लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । 

त्यसक्रममा मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको स्थलगत अवलोकन गरेकी छन् । देशभर समस्याग्रस्त बाघहरूको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ । मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्या–पर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

–नारायणी अनलाईन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्