नेभिगेशन
देश

शिब चौधरीको संयोकत्वमा १७ सदस्यीय थारू उद्यमी व्यवसायी संघ गठन

काठमाडौं । थारू समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले व्यवसायी शिवबहादुर चौधरी (दाङ) को संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन गरिएको छ ।

थारु कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा संघ गठन गरिएको हो । १७ सदस्यीय तदर्थ समितिका सचिवमा हृदयनारायण चौधरी (उदयपुर) चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा सिताराम चौधरी (बर्दिया), नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ), विनोद चौधरी (काठमाडौं), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवणकुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टिकाराम चौधरी (कैलाली), तिलकबहादुर चौधरी (बर्दिया), र शुसिला चौधरी (कैलाली) रहेका छन् ।

भेलाले संघको विधान निर्माण गरी सदस्यता विस्तार गर्ने, प्रदेश तथा जिल्ला तहसम्म संगठन विस्तार गरी उद्यमशीलता विकास तालिम आयोजना गर्ने, व्यावसायिक सहकार्य तथा लगानी प्रवर्धनको कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्