नेभिगेशन
देश

बङ्गलादेशको ढाकामा “सुन्दर नेपाल” फोटो प्रदर्शनी सम्पन्न

ढाका, १८ वैशाख। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले बङ्गलादेशको राजधानी ढाकामा “सुन्दर नेपाल” शीर्षकमा फोटो प्रदर्शनी सम्पन्न गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा ढाकाका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने हसन हफिज ले प्रदर्शनी उद्घाटन गरेका थिए। राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त को नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बङ्गलादेश फोटोपत्रकार संघको निमन्त्रणामा ढाका पुगेको हो।

नेपाल र बङ्गलादेशबीचको “मित्रता र भाइचाराको २१ वर्ष” मनाउने सन्दर्भमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए) ढाकाको संयुक्त आयोजनामा उक्त प्रदर्शनी गरिएको हो। प्रदर्शनीमा नेपालका हिमाल, पहाड, तराई, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा जनजीवन झल्काउने विभिन्न तस्वीरहरू प्रस्तुत गरिएका थिए।

सहभागी अतिथि तथा दर्शकहरूले नेपाली फोटोपत्रकारहरूको सिर्जनशीलता, दृष्टिकोण र प्रस्तुतीकरणको उच्च प्रशंसा गरेका थिए। कार्यक्रमले नेपाल–बङ्गलादेशबीचको पत्रकारिता सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य, अनुभव आदान–प्रदान तथा संयुक्त कार्यक्रम सञ्चालनका लागि मार्ग प्रशस्त गरेको अध्यक्ष वन्तले जानकारी दिए।

दुवै देशका फोटोपत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले मित्रता, सांस्कृतिक आदान–प्रदान तथा व्यावसायिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

679100672_1746918863139757_767286078379043460_n-1777620097.jpg

683620594_1480158540460529_2181714051060580990_n-1777620095.jpg

683095467_1459404008924225_1642158605129495926_n-1777620095.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्