नेभिगेशन
देश

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ सम्पन्न

विराटनगर । इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ सम्पन्न भएको छ ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना गरिएको अवार्ड समारोहमा कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विभिन्न मन्त्री, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा कृषि, शिक्षा, स्वास्थ्य, पत्रकारिता, खेलकुद, सूचना प्रविधि, कर्पोरेट लगायत १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने ९ जना व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्