नेभिगेशन
देश

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रिगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

चैत्र कृष्ण औंसी तिथिका अवसरमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।

photo-3_a0c753f2-1773836319.jpeg

photo-9_56907b19-1773836323.jpeg

photo-10_06d56561-1773836322.jpeg

photo-6_f4bb1f8c-1773836321.jpeg

photo-2_f29ee2c2-1773836319.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्