नेभिगेशन
देश

सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।

photo-6_b52ea166-1773819660.jpg
उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा छैन । एउटा बैंक विभिन्न निकायसँग गाभिएर अहिले कमजोर अवस्थामा सञ्चालन भइरहेको छ ।’

खनालले नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष नपुग्दै सरकारद्वारा उद्धार गर्नुपर्ने अवस्था आएको पनि औंल्याए । उनले नीतिगत लगानी अन्तर्गत सरकार जमानत बसेर प्रवाह गरिएका कर्जाका कारण नागरिक लगानी कोषलाई केही अवस्थामा समस्या परेको बताए ।

उनले भने, ‘नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तिय संस्थाहरुलाई ३५ वर्ष पुग्नुअघि नै नेपाल सरकारले उद्धार गर्नुपरेकाे अवस्था छ । नेपाल सरकारको नीतिगत लगानी अन्तरगत जमानत बसेर गरिएको कर्जाको कारणले नागरिक लगानी कोषलाई कतिपय अवस्थामा समस्या परेको छ । हामीले त्यसको सहि विकल्प, सहि उपाय खोज्नुपर्छ ।’

उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि उपयुक्त विकल्प खोज्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्