काठमाडौं । नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई दिईएको छ ।
बुधबार दुजाङ शेर्पाले पाण्डेलाई पत्र लेख्दै सो जिम्मेवारी उनलाई प्रदान गरिएको जानकारी गराईएको छ । पत्रमा भनिएको छ, “ मिति २०८२ साल फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म म व्यक्रिगत कामको सिलसिलामा बाहिर रहनुपर्ने भएकोले नेपाल विद्यार्थी संघको विद्यान २०२७को सातौं संसोधन २०७५ बमोजिम तपाई श्री नारायण पाण्डे ज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । ”
पाण्डेले संघको नीति तथा अनुसन्धान प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।