नेभिगेशन
देश

लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरू जनतामा लोकप्रिय छौँ भन्ने भ्रममा रहेको भन्दै वास्तवमा नेताको मात्रै प्रिय भएको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमालेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।

उनले लेखेका छन्,‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन,रि–थिङ्क,रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ।पिरामिड थियो,फुलि थप्न सोली बनायौ।

लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त? डोन्टओरी!’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्