सप्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी १ बाट रास्वपाकी उम्मेदवार पुष्पा चौधरी फराकिलो मतान्तरले निर्वाचित भएकी छन् ।
उनी ३८,१९५ मत ल्याएर विजयी भएकी हुन् । ७८४७ मत ल्याएर दोस्रो स्थानमा रहेका उनका निकटम प्रतिस्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारभन्दा ३०,३४८ मतान्तरले उनी निर्वाचित भएकी हुन् ।
अर्का उम्मेदवार नेकपा एमालेका सुमनराज प्याकुरेल ७६५२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।