नेभिगेशन
देश

राजिव चौधरी नेपाल थारू संघ काठमाडौंका अध्यक्षमा सर्वसम्मत चयन

१५ साउन, काठमाडौं।
नेपाल थारू संघ, काठमाडौं जिल्ला समितिको पहिलो अधिवेशन सम्पन्न भएसँगै राजिव चौधरी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चौधरीलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो।

संघको उपाध्यक्षमा प्रीति चौधरी, सचिवमा सतिस चौधरी, सह–सचिवमा मुना चौधरी र कोषाध्यक्षमा रामबाबु पनुहर चौधरी पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा सुमिना चौधरी, रञ्जना चौधरी, पूजा चौधरी, रमिका चौधरी, सृष्टि चौधरी, जोनिस चौधरी, सीमा चौधरी र सुजित चौधरी सर्वसम्मत चयन भए।

साथै, छन्नुप्रसाद चौधरी, प्रियंका चौधरी, श्रवणकुमार चौधरी, आयुस चौधरी, विकल्प थारू, सुदीप चौधरी, कल्पना चौधरी र रामदेव चौधरी पनि सदस्यमा निर्वाचित भएका छन् भने रेनुका चौधरी र मन्दिरा चौधरीलाई अध्यक्षको सिफारिसमा मनोनयन गरिएको छ।

अधिवेशनको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन निर्देशक समिति संयोजक उदयशमशेर राणाले थारू समुदायको योगदानको प्रशंसा गर्दै अब देशव्यापी रूपमा थारू समुदायको जागरण आवश्यक रहेको धारणा राखे। “थारू समुदाय मेहनती, इमानदार र कृषि पेशामा आधारित समर्पित समुदाय हो भन्नेमा गर्व लाग्छ,” उनले भने।

कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भने नेपाली कांग्रेस थारू समुदायको अधिकारको पक्षमा संसददेखि सडकसम्म साथमा रहने प्रतिबद्धता दोहोर्‍याए।

नव निर्वाचित अध्यक्ष राजिव चौधरीले युवा पुस्ताको सवालमा संगठन सक्रिय रहने प्रतिबद्धता जनाउँदै सामाजिक न्याय र समानतामूलक सहभागिता सुनिश्चित गर्ने बताएका छन्। “थारू समुदायको मुद्दामा आवाज उठाउने सचेत युवा आवश्यक छन्,” उनले भने, “रुढीवादी सोच र विभेदविरुद्ध सशक्तीकरण आवश्यक छ।”

नयाँ नेतृत्वलाई नेपाल थारू संघका केन्द्रीय अध्यक्ष शिवकुमार गुरौं, निर्वाचन समिति संयोजक महेश्वर प्रसाद चौधरी र ललिता चौधरीले प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्