नेभिगेशन
देश

थाकस रामधुनी नगर कार्यसमितिको होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सुनसरी । थारु कल्याणकारिणी सभा रामघुनी नगर कार्यसमितिको आयोजनामा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार सुनसरीको रामधुनीस्थित थाकस सभा हलमा नगरसभापति राजकुमार चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

थाकस सुनसरी जिल्ला सभापति सगेन चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेकपा नेतृ एवं पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी, रामधुनी नगरप्रमुख शंकरलाल चौधरी, वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरी लगायत विभिन्न संघसंस्थाका सयौं व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेदवार रामकुमारी चौधरीले थारुहरु फुटेर होईन एकआपसमा जुटेर अगाडी बढ्नुपर्ने बताईन् । उनले रामधुनीका सम्पुर्ण थारुहरुले तारा छापमा भोट हालेर आफुलाई जिताउन आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला सभापति सगेन चौधरी, रामधुनी नगरप्रमुख शंकरलाल चौधरी, नगरसभापति राजकुमार चौधरी, घनश्याम चौधरी लगायतले होलीको शुभकामना दिएका थिए ।

Holi-Bishesh-(1)-1772370209.jpeg

Holi-Bishesh-(2)-1772370206.jpeg

Holi-Bishesh-(3)-1772370206.jpeg

Holi-Bishesh-(1)-1772370203.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्