नेभिगेशन
सलिमा

भुबन बिके र रेहाना पुन मगरको नयाँ गीत ‘गरम गरम भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं — नेपाली संगीत क्षेत्रमा सक्रिय उदयीमान संगीतकार भुबन बिके र गायिका रेहाना पुन मगरको आवाजमा रहेको नयाँ गीत ‘गरम गरम भो’ सार्वजनिक भएको छ। सोमबार साँझ कमल सिंजाली थापाको युट्युब च्यानलमार्फत गीत नेपाली दर्शकमाझ ल्याइएको हो।

गीतका शब्द र संगीत स्वयं भुबन बिकेले तयार पारेका छन् भने यसमा गोविन्द्र अनेक, मनोज बिक, बिन्दु बिसी र सुनिता लोहनीको पनि सामूहिक स्वर सुन्न सकिन्छ।

कमल थापाको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ र मास्टरिङ चर्चित साउन्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गरेका हुन्। प्रिज्मा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीत गोविन्द्र अनेकले रेकर्डिङ गरेका हुन्।

भिडियोतर्फ, गीतको निर्देशन भुबन बिके स्वयमले गरेका छन् भने गोविन्द विवश र सुमित्रा गुरुङले मुख्य अभिनय प्रस्तुत गरेका छन्। कोरियोग्राफी पनि गोविन्द विवशले नै गरेका छन्। छायांकनको जिम्मेवारी सुमन थापा र सौगात थापाले सम्हालेका छन्।

                    भिडियो लिंक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्