काठमाडौं, शंखमूल — सौन्दर्य सेवा र तालिम क्षेत्रमा नयाँ अध्याय थप्ने उद्देश्यसहित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थितिका कारण विशेष आकर्षणको केन्द्र बनेको थियो।
उद्घाटन समारोहमा राष्ट्रिय ख्यातिप्राप्त गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमा लोकप्रिय टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, र सन्ध्या घतानी लगायतका कलाकारहरूको सहभागिता रहेको थियो। उनीहरूको उपस्थिति र समर्थनले कार्यक्रममा उत्साह थपेको थियो।
कार्यक्रममा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरी ले बोल्दै केन्द्रको उद्देश्यबारे जानकारी दिइन्। उनले सेवा लिने ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै, सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले तालिममार्फत युवाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी उनीहरूलाई स्वरोजगारमा प्रोत्साहित गरिने उल्लेख गरिन्।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले अनुहार, छाला, शरीर तथा समग्र सौन्दर्य सेवा र तालिम समेट्ने योजना अघि सारेको छ। कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले यस्तो पहलले आत्मनिर्भरता, सशक्तिकरण र व्यवसायिक अवसरको सृजनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
शंखमूलको व्यस्त शहरी क्षेत्रमै स्थापना भएको मायाजले जीवनशैलीसँग मेल खाने आधुनिक प्रविधिसहितको सौन्दर्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। उद्घाटनमा सहभागी सबै अतिथिहरूप्रति मायाज परिवारले विशेष आभार प्रकट गरेको छ।