नेभिगेशन
देश

आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । आज नेपाली सेनाले २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ ।

सेनाले यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा काम गर्दै आएको छ।

नेपाली सेनाले सन् १७४४ बाट आजसम्म पनि अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गर्दै आएको छ । नेपाली सेनाले सन् २००२ देखि सन् २००७ सम्म आफ्नो संख्याँ ५० हजार वाट ९५ हजार बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्