नेभिगेशन
देश

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव पनि

काठमाडौं, साउन ७ । एनसेलले विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ ‘सधैं अन रिन्युअल’ प्लान सार्वजनिक गरेको छ। विशेषतः २०८१ को एसईई परीक्षा दिएका र अन्य विद्यार्थीहरूका लागि तयार गरिएको यो योजना सस्तो दरमा मनोरञ्जन र दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो।

करसहित मासिक रु ३९९ वा सोभन्दा माथिको शुल्कमा पाइने यी योजनामा अनलिमिटेड फेसबुक, टिकटक र युट्युबको सुविधा छ। साथै, लाइन्सगेट प्लेमा प्रिमियम सामग्री निःशुल्क हेर्न मिल्ने, अनलिमिटेड नाइट डेटा र अन्य आकर्षक सेवाहरू पनि उपलब्ध छन्।

उदाहरणस्वरूप, रु ३९९ को प्लानमा विद्यार्थीले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल, ८ जीबी डेटा र ३९ वटा एसएमएसको सुविधा पाउँछन्। यस्तै, रु ५९९ को प्लानमा ५९९ मिनेट टक टाइम, २० जीबी डेटा र ५९ वटा एसएमएस उपलब्ध हुन्छ।

यस योजनाअन्तर्गत सिम वा ई–सिम लिन चाहने विद्यार्थीले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र तथा आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको एनसेल सेन्टर वा आधिकारिक बिक्रेतामा सम्पर्क गर्न सक्छन्।

एनसेलले सस्तो मूल्यमा सेवासहित मनोरञ्जनको सुविधा प्रदान गर्न पाउँदा खुसी व्यक्त गर्दै, यस योजनाले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा सुरु गर्न सहयोग गर्ने र उनीहरूलाई सधैं कनेक्टेड राख्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्