नेभिगेशन
देश

थारु विद्यार्थी सभाद्वारा एसईई पास गरेका थारु विद्यार्थीहरूलाई सम्मान गरिने

थारु विद्यार्थी सभा केन्द्रीय समितिले यस वर्षको एसईई परीक्षा पास गरेका थारु समुदायका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममा सम्मान गर्ने भएको छ।

कार्यक्रम काठमाडौंको बुधनगरस्थित स्वप्नबाटिका स्कूलको प्रांगणमा भोलि शनिबार आयोजना हुने छ, जहाँ देशभरका थारु विद्यार्थीहरूलाई सम्मान गरिनेछ।

सभाका अध्यक्ष शुशिला चौधरीका अनुसार, विद्यार्थीहरूलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको हो। उनले जुनसुकै ग्रेडमा पास गरेका विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी हुन सक्ने जानकारी दिइन्।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीको उपस्थिति रहनेछ। साथै, सांस्कृतिक प्रस्तुतीको क्रममा चर्चित गायिका समीक्षा चौधरी र गायक आरके थारु पनि सहभागी हुनेछन्।

थारु विद्यार्थी सभाले हरेक वर्ष एसईई उतीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ, र यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम सम्बन्धी थप जानकारीको लागि :

कार्यक्रम संयोजक: शोभित चौधरी – 9848964801
सह-संयोजक: नेहा पजियार – 9818475586
केन्द्रीय सदस्य: प्रीती चौधरी – 9813528550

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्