नेभिगेशन
देश

"गुणस्तरीय शिक्षाका लागि महाअभियान" भन्ने मूल नारासहित शैक्षिक साङ्गीतिक यात्रा 2082 सुरु

"गुणस्तरीय शिक्षाका लागि महाअभियान" भन्ने मूल नारासहित राष्ट्रव्यापी शैक्षिक साङ्गीतिक यात्रा–२०८२ को औपचारिक शुभारम्भ गरिएको छ।

बुधबार काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघद्वारा आयोजित यस अभियानले देशभरका विद्यार्थीहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा सभापति देउवासँगै नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, डिला संग्रौला, अमरबहादुर थापा, शिक्षा विभाग प्रमुख ऐनबहादुर महर लगायत नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्