काठमाडौं — काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको संयुक्त बैठक सम्पन्न भएको छ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि महानगरको बजेटको प्रारम्भिक रूपरेखा तय गरेको हो। बैठकमा आन्तरिक आय, राजस्व बाँडफाँट, अनुदान, ऋण तथा अन्य स्रोतबाट प्राप्त हुने सम्भावित आम्दानीको प्रक्षेपणसहित करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरिएको छ।
महानगरले उक्त सीमा भित्र बजेट तयारीको प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। सार्वजनिक बजेट प्रस्तुतिका लागि तयारी तीव्र रूपमा भइरहेको महानगर स्रोतले जनाएको छ।