नेभिगेशन
राजनीति

८४ औं जन्मदिनमा पशुपति शमशेर जबरा जनसम्मानबाट सम्मानित हुने

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा जनसम्मान तथा नागरिक अभिनन्दनबाट सम्मानित हुने भएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जबराको ८४औं जन्मोत्सवको अवसरमा उनलाई सम्मान गर्न लागिएको जानकारी गराइएको हो।

वरिष्ठ राजनीतिज्ञ मदनदास श्रेष्ठले जबराले सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न ५० संस्थाहरूको संयुक्त पहलमा सम्मान कार्यक्रम आयोजना गरिएको बताए।

‘पशुपति शमशेर जबरा ज्यूँदो इतिहास हुन्,’ श्रेष्ठले भने, ‘उहाँको योगदान बहुआयामिक छ। त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदायसहित थुप्रै संघ-संस्थाले उहाँलाई सम्मान गर्न लागेका हुन्।’

जनसम्मान कार्यक्रम यही असार २७ गते शुक्रबार प्रज्ञा भवनमा आयोजना हुनेछ।

कार्यक्रमका संयोजक नवीन शाहीले जबराको दीर्घकालीन राजनीतिक, सांस्कृतिक र राष्ट्रसेवामूलक योगदानलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरूलाई एकीकृत गरेर जनसम्मानको आयोजना गरिएको बताए।

उनका अनुसार जबराको योगदान लोकतान्त्रिक अभ्यास, राष्ट्रिय एकता, संविधानवाद र समावेशी समाज निर्माणमा उल्लेखनीय रहेको छ।

WhatsApp-Image-2025-07-09-at-19.12.39_9f51e03b-1752067028.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्