टीभीएस ब्रान्डको नयाँ स्कुटर ‘जुपिटर ११०’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि टीभीएसका आधिकारिक आयातकर्ता तथा विक्रेता जगदम्बा मोटर्सले यो स्कुटर सोमबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।
कम्पनीले दिएको जानकारीअनुसार, जुपिटर ११० लाई सम्पूर्ण रूपमा 'एर्गोनोमिक्स'लाई ध्यानमा राखी डिजाइन गरिएको छ। स्कुटरको ह्यान्डल, सिटको उचाइ र फ्लोरबोर्ड यसरी बनाइएको छ कि जुनसुकै उमेर, लिङ्ग वा शारीरिक बनावट भएका प्रयोगकर्ताले सहज अनुभव गर्न सकून्।
पियानो ब्ल्याक फिनिश र इनफिनिटी लाइटजस्ता विशेषता समावेश यस स्कुटरको डिजाइन आधुनिक सौन्दर्य रुचिअनुसार बनाइएको कम्पनीको दाबी छ। डिजिटल रंगीन स्पीडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने फिचरसहित स्कुटरले प्राविधिक रूपमा पनि आफूलाई सशक्त बनाएको छ।
सुरक्षामा उच्च मानक
जुपिटर ११० मा मेटल म्याक्स संरचना, डुअल हेल्मेट अन्डर-सिट स्टोरेज (३३ लिटर), एमर्जेन्सी ब्रेक वार्निङ, टर्न सिग्नल रिसेट र ‘फोलो मी’ हेडल्याम्पजस्ता सुरक्षाका मापदण्डहरू समेटिएको छ।
अन्य प्रमुख फिचरहरू
इनफिनिटी लाइट बार र प्रिमियम ब्ल्याक प्यानल सहितको आकर्षक डिजाइन
शक्तिशाली र इन्धन दक्ष iGO असिस्ट इन्जिन
अगाडिबाट इन्धन भर्ने सुविधा र फराकिलो फुटबोर्ड
ROPETAL डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, ह्याजार्ड ल्याम्प
लामो सिटसहितको Body Balance 2.0 प्रविधि
‘Find Me’, ‘Follow Me’ हेडल्याम्प, TSL (Auto Cancel Turn Signal) सुविधा
SMARTXONNECTTM ब्लुटुथ जडानसहितको डिजिटल क्लस्टर – कल, SMS, नेभिगेसन र भ्वाइस असिस्ट फिचर
Distance to Empty, Real Time Fuel Efficiency, Average Fuel Efficiency देखाउने प्रणाली
यो स्कुटरको सुरुवाती मूल्य रु. २,५७,९०० राखिएको छ र Disc SXC भेरियन्टमा सम्पूर्ण टीभीएस शोरुमहरूमा उपलब्ध हुनेछ।
जगदम्बा मोटर्सबारे
जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे तथा व्यावसायिक सवारीसाधनका लागि अग्रणी वितरक र सेवा प्रदायक हो। गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्तिमा केन्द्रित यो कम्पनीले टीभीएस मोटर कम्पनीसहितका विश्वविख्यात ब्रान्डहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले देशभर फैलिएको डिलर नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा र अटो पार्ट्स आपूर्ति गर्दै आइरहेको छ।
