नेभिगेशन
राजनीति

राजपुर इँटाभट्टा विस्फोट: घाइते गौरीशंकर राम चमारको बयान, "मलाई बमले उडायो, तर अदालतले न्याय दिएन"

रिपोर्ट: दिनेश चौधरी

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवास्थित एक इँटाभट्टामा भएको विस्फोटमा गम्भीर घाइते भएका भारत सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले आफूलाई न्याय नपाएको गुनासो गरेका छन्।

गौरीशंकरका अनुसार, नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको इँटाभट्टामा बम बनाउने काम भइरहेको बेला विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए। विस्फोटमा उनका दुबै कान उडेका थिए भने अनुहार, छाती र घाँटीमा गम्भीर चोट लागेको थियो। उनी तीन महिनासम्म भारतमा उपचार गराइरहे पनि अफ्ताब वा उनका सहयोगीले कहिल्यै सोधखोज नगरेको उनले बताएका छन्।

घटनास्थलमै मानिसहरू जिउँदै जलाइएको आरोप आलममाथि लागेपनि पर्याप्त प्रमाण नपाएको भन्दै उच्च अदालत वीरगञ्जले उनलाई सफाइ दिएको थियो। तर, गौरीशंकर भने विस्फोटको पीडालाई अझै सम्झिरहेका छन्। उनले भने, "म बम विस्फोटबाट घाइते भएको हुँ, न्याय पाइनँ। मलाई धम्की पनि दिइयो।"

गौरीशंकरको भनाइमा अनुसार, बम विस्फोट अफ्ताब आलमकै काकाको घरमा भएको थियो, र गाउँका अन्य व्यक्तिहरू पनि घाइते भएका थिए। उनी सरकारसँग दोषीलाई कडा सजायको माग गर्दै न्यायको गुहार गरिरहेका छन्।

WhatsApp-Image-2025-07-06-at-19.55.48_fed70ccf-1751797402.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्