नेभिगेशन
देश

तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

रिपोर्ट: दिनेश चौधरी

काठमाडौँ । तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा सफल विद्यार्थीहरूलाई परिवर्तन अभियान नेपालले विशेष सम्मान गरेको छ। शनिबार नेपालटारमा आयोजित एक कार्यक्रममार्फत पालिकाभित्रका ७१ विद्यालयका विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको हो।

परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टका अनुसार तारकेश्वरका १७ जना विद्यार्थीले ४.०० जीपीए ल्याउन सफल भएका छन्। ती सबैलाई कार्यक्रममा नै सम्मान गरियो भने अन्य विद्यार्थीलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र वितरण गरिएको उनले जानकारी दिए।

४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस्नेत, विजय कुमार शाह, प्रतिज्ञा तामाङ र दीपेश गौतम रहेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले देशप्रति निराश हुन आवश्यक नरहेको भन्दै भ्रमबाट बाहिर निस्कनुपर्ने सुझाव दिए। थापाले देशमा सकरात्मक कामहरू भइरहे पनि अपेक्षित गति प्राप्त हुन नसकेको स्वीकार गर्दै, कुनै पनि विषयमा समर्थन वा विरोध गर्ने क्रममा गहिरो अध्ययन, विश्लेषण र समिक्षा आवश्यक रहेको बताए।

WhatsApp-Image-2025-07-06-at-17.42.55_8e45a419-1751788933.jpg
विद्यार्थीहरूलाई सम्मान गर्दै उनले ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने प्रेरणादायी सन्देश दिँदै युवाहरूले अब जिम्मेवारी वहन गर्नुपर्ने समय आएको बताए। उनले नयाँ कुरा सिक्न, प्रश्न गर्न र आलोचना गर्न पनि विद्यार्थीलाई प्रेरणा दिए।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले विद्यार्थीहरूलाई भविष्यको कर्णधार उल्लेख गर्दै स्पष्ट लक्ष्य बनाएर अघि बढ्न सुझाव दिए। संयोजक भट्टले नवप्रवेशी युवाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा पनि प्रोत्साहनको कार्यक्रम जारी राख्ने बताए।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर वडा नम्बर ५ का अध्यक्ष शम्भु फुयाल, वडा नम्बर १० का कुमार राई, वडा नम्बर ३ का प्रशुराम अर्याल, साथै अन्य स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा विभिन्न कलेजका शैक्षिक परामर्श स्टलहरू राखिएका थिए, जहाँ विद्यार्थीहरूले भविष्यको अध्ययनमार्गका बारेमा जानकारी लिन सकेका थिए।

WhatsApp-Image-2025-07-06-at-17.42.56_2c23d6ba-1751788930.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्