नेभिगेशन
देश

मकवानपुरमा पृथ्वी जयन्ती : हरेक सरकारी निकायमा पृथ्वीनारायणको तस्बिर राख्न सुझाव

मकवानपुर । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–४ स्थित वीरेन्द्र बाटिकामा कार्यक्रम सम्पन्न भएको कार्यवाहक अध्यक्ष सागर थापाले जानकारी दिए ।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए । उनले हरेक मन्त्रालय तथा सरकारी निकायमा पृथ्वीनारायण शाहको तस्विर राखिनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले पृथ्वीनारायण शाहको दिव्य उपदेशकै मार्गदर्शनमा पार्टीले राजसंस्थालाई वैधानिक बनाउने अभियान अघि बढाइरहेको स्पष्ट पारे।

कार्यक्रममा जनजाति विभाग प्रमुख सुक्रराज प्रजाले पृथ्वीनारायण शाहले सम्पूर्ण नेपाललाई एकीकरण गरेको स्मरण गराउँदै अहिले जातजातिको नाममा समाजलाई जुधाउने र विभाजन बढाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले मंगोल युद्ध एसोसिएसनजस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पु¥याइरहेको बताए।

कार्यक्रममा विभिन्न वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकताको महत्व र वर्तमान राजनीतिक अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्