नेभिगेशन
राजनीति

राजाको पक्षमा ८० प्रतिशतभन्दा बढी जनमत बनेको छः पशुपति खड्का

रिपोर्ट: दिनेश चौधरी

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संगठनले उक्त कार्यक्रमको विवरण सार्वजनिक गरेको हो।

संगठनका अनुसार जन्मोत्सवको दिन, असार २३ गते बिहान १०:३० बजे सामाखुसीमा भेला भएर निर्मल निवाससम्म पुग्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा पूर्वराजा शाहको दीर्घायु, सुस्वास्थ्य तथा पुनः गद्दीमा पुनर्स्थापनाको शुभकामना व्यक्त गरिने बताइएको छ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्रको विरोधमा आफूहरूकाे आन्दोलन जारी रहेको बताए। उनले गणतन्त्रले देशमा सबै संरचना ध्वस्त पारेको दाबी गर्दै यसलाई जरैदेखि हटाउनु पर्ने आवश्यकता औंल्याए। उनले राजासहितको प्रजातन्त्र नै जनताको आवाज सुनिश्चित गर्ने व्यवस्था भएको उल्लेख गरे।

खड्काले भने, "राजाले बोलेको कारणले नै आजका नेताहरू, जस्तै केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरू नेताको हैसियतमा आएका हुन्।"

उनले राजसंस्थाप्रति जनताको भरोसा बढ्दो क्रममा रहेको उल्लेख गर्दै ८० प्रतिशतभन्दा बढी जनमत राजाको पक्षमा रहेको दाबी गरे। उनले भने, “राजा नभएपछि देश टुहुरो भएको छ। युवाहरू विदेशिएका छन्, देशले आफ्नो भविष्य गुमाइरहेको छ।”

उनले स्पष्ट पारे, “हामी जनताको पक्षमा छौं। आन्दोलन तबसम्म रोकिँदैन जबसम्म राजसंस्था पुनःस्थापना हुँदैन, मुद्दा जति लगाए पनि हाम्रो संकल्प कायम रहनेछ।”

Untitled-design-(53)-1751636810.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्