नेभिगेशन
राजनीति

सरकारको तयारी: आगामी वर्षमा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण हुने

काठमाडौं, आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले देशभर २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ। शहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख योजनाहरू सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आगामी वर्ष १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण तथा १३० वटा सडक पुल मर्मत गरिनेछ। त्यसैगरी, २४९ वटा सिँचाइ आयोजना सम्पन्न गरी करिब ३७०० हेक्टर भूमि सिँचित गरिने योजना छ।

Untitled-design-(51)-1751440993.png
त्यससँगै १०० किलोमिटर नयाँ सडक निर्माण, ३०० किलोमिटर सडक कालोपत्रे तथा ६० वटा स्थानीय तहका प्रशासकीय भवन निर्माण पनि गरिनेछ। उपत्यकाभित्रका नदी तथा खोलाका करिडोर क्षेत्रमा १० किलोमिटर सडक स्तरोन्नति र २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणको योजना समेत मन्त्रालयले अघि सारेको छ।

पत्रकार सम्मेलनमा बोल्दै सहसचिव नारायणप्रसाद मैनालीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने तथा अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिइने जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकाभित्र जोरपाटी फाँट, दोखचाप, इँटाभट्टा नयाँ शहर, तथा ताक्खुमा गरिने जग्गा एकीकरणमार्फत भौतिक विकास सुरु भइसकेको छ। साथै, उपत्यकाको व्यवस्थित शहरीकरणका लागि हरियाली प्रवर्द्धन, जनचेतना, आकासे पानी संकलन, बगैंचा तथा पोखरी संरक्षणका कार्यक्रमहरु सञ्चालन हुने पनि जानकारी दिइयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्