नेभिगेशन
राजनीति

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नागरिकता विधेयक बहुमतले पारित भएकोमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापाले गृहमन्त्री रामेश्वर राय यादव (लेखक) लाई मन्त्रालयमै पुगेर मंगलबार बधाई दिएकी छन्।

‘नेपाल नागरिकता (दोश्रो) विधेयक, २०८२’ संसदको प्रतिनिधिसभाबाट पारित भएसँगै उनले गृहमन्त्रीसँग भेट गरी उक्त ऐतिहासिक कदमको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया पनि दिइन्।

थापाले लेखेकी छन्, “सन्तानलाई आमाले जन्म दिन्छिन्, आमाले पालनपोषण गर्छिन्। तर नागरिकता लिन जाँदा बाबुको खोजी हुन्छ! आमाको नामबाट नागरिकता नपाउने व्यवस्था अब अन्त्य भएको छ। नेपाल सरकार र गृहमन्त्रीलाई यस ऐतिहासिक निर्णयका लागि धेरै धेरै बधाई। नागरिकता नपाएका तमाम नेपालीहरूलाई पनि बधाई। महिलाको अधिकारको क्षेत्रमा यो साँच्चिकै एउटा ऐतिहासिक र सुनौलो क्षण हो।”

गृहमन्त्री लेखकले शनिबार नै संसद्मा नागरिकता विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव अन्तर्गत नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाटै नागरिकता पाउने स्पष्ट व्यवस्था गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्