नेभिगेशन
राजनीति

संसदमा पास भइसकेका विधेयकमा फेरबदल अपराध हो : डा. कोइराला

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदीय समितिबाट सर्वसम्मतिमा पारित भइसकेका विधेयकहरू संसदमा प्रस्तुत भएपछि फेरबदल हुनु गम्भीर गल्ती र आपराधिक कार्य भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित 'शताधिक पुस्तक लोकापर्ण समारोह २०८२' कार्यक्रममा बोल्दै नेता कोइरालाले विधेयकमा यसरी हेरफेर हुनु लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार भएको स्पष्ट पारे।

उनले भने, “समितिबाट सबैको सहमतिमा पास भएका विधेयक संसद्मा प्रस्तुत भएपछि फेरबदल हुनु भनेको सरासर आपराधिक कार्य हो। यो कसले गर्‍यो भन्ने मलाई थाहा छैन, तर दोषी जो भए पनि उनीहरूलाई क्षमा गर्नु हुँदैन। यस्ता कार्यले देशलाई गलत दिशातर्फ लैजान सक्छ।”

कोइरालाले वर्तमान राजनीतिक परिवेशप्रति चिन्ता व्यक्त गर्दै राजनीतिमा संलग्न सबै व्यक्तिहरू निष्ठावान् हुनुपर्ने आवश्यकता औंल्याए। उनले हाल कसैले पनि राजनीति नगरेको जस्तो देखिए पनि राजनीति गर्नेहरूले जवाफदेही र जिम्मेवार बन्नुपर्ने धारणा राखे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्