नेभिगेशन
देश

आज ३ हजार १ सयले बढ्यो सुनको मुल्य, चाँदीको कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्