काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट थारूवान अभियन्ताबीच एकता भएको छ ।
सोमबार काठमाडौंको सभागृहमा आयोजित वृहत् राजनीतिक समायोजन घोषणा कार्यक्रममा थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
रास्वपाका सभापति रवि लामिछाने र थरुहट थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा कार्यक्रमको आयोजना गरिएको थियो ।