नेभिगेशन
राजनीति

ऊर्जा क्षेत्रमा चीनसँग सहकार्य विस्तार हुने सम्भावना : मन्त्री खड्का

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको बताएका छन्। हालै चीन भ्रमण सकेर फर्किएका मन्त्री खड्काले चीन सरकारले नेपालको ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्न इच्छुक रहेको जानकारी दिएका हुन्।

शाङ्हाई सहयोग संगठनको ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउँदै मन्त्री खड्काले नेपालको ऊर्जा रणनीति र २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन तथा १५,000 मेगावाट निर्यात गर्ने योजनाबारे प्रस्तुति दिएका थिए।

चीनका ऊर्जा प्रमुख सँगको द्विपक्षीय भेटमा दुवै देशबीच दीर्घकालीन सहकार्य, प्रविधि हस्तान्तरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन र प्रसारण प्रणाली विस्तारका विषयमा छलफल भएको थियो। भ्रमणको क्रममा उनले चीनमा रहेका नेपाली समुदायलाई पनि ऊर्जा क्षेत्र लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्