नेभिगेशन
राजनीति

संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र ः चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् । 
‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली विभिन्न कुराहरु उठेका छन् । त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकाश दिनुपर्छ । साथै अब आउने निर्वाचनमा हालका सबै विषयमा खुलेर मनमा कुण्ठा नराखिकन देश र जनताको पक्षमा काम गर्न चाहान्छौ,’ उनले भने । 


उनले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भएपनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताए । उनले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए । 
उनले भने, ‘अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए तर जतनाको अवस्था परिवर्तन नभएको व्यवस्था मात्र परिवर्तन भयो । यो अवस्था परिवर्तन गर्न नेतृत्वभित्र मन, वचन, कर्म शुद्ध भएर जनताको सोझौ चिताएर निष्ठावान भएर सपथ खाए जसरी काम गर्नुपर्छ संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थमा प्रतिनिधि पात्र परिवर्तित हुन्छन् । यो व्यवस्था भित्र चित्त बुझेन भने मन लागेको व्यक्ति, दल बदल्न सकिन्छ यो भन्दा उत्तम व्यवस्था अरु छैन ।’
हालको संविधानले सबै धर्म, संस्कृति, सस्कार र सबै वर्ग, समुदायलाई समेटेको उनको भनाई छ । 

Photo-(4)-(10)-1763292540.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्