नेभिगेशन
राजनीति

जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु

जनकपुर । जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् । 
उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् ।  उनीहरुले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध गरिरहेका थिए । सोही समयमा सुरक्षाकर्मीहरुले लाठी चार्ज गर्दा दर्जन बढी घाईते भएका थिए । सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज विहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए ।
७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्ट रहेको छ ।


Screenshot-2025-11-12-190624-1762934795.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्