काठमाडौं । नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि (फुलपाती) देखि प्रदर्शनमा आउँदैछ। निर्देशक सन्तोष सेनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा फिल्मले क्रान्ति, आमा र मातृभूमिका लागि लड्ने कथा प्रस्तुत गर्ने बताए।
उनका अनुसार हालैको जेन–जी आन्दोलनले बोकेको भावना र फिल्मको कथा आपसमा मेल खाने खालको छ। “जेन–जी पुस्ता जस्तै परिवर्तनका लागि आफ्नो स्थानबाट उठ्नुपर्छ भन्ने सन्देश चलचित्रमार्फत दिन खोजिएको हो,” उनले भने।
सेनले दबाइने भन्दा प्रतिरोध गर्ने र कठिन व्यवस्थाविरुद्ध आवाज उठाउनुपर्ने सन्देश फिल्मले दिने दाबी गरे। फिल्मलाई आफ्नो लामो समयको सपना भएको र उतारचढाव पार गरेर पूरा गर्न सफल भएको उनले उल्लेख गरे।
कार्यक्रममा कलाकार समीर भट्टले ‘बलिदान’ देश, माटो र आमाछोराको कथा भएको भन्दै अग्रिम बुकिङप्रति खुसी व्यक्त गरे। उनले दर्शक प्रतिक्रियाले आगामी प्रोजेक्टहरूमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।
‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
-(4)-1759056008.jpg)
-(12)-1759056008.jpg)