नेभिगेशन
विदेश

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

चीनमा ऊँटको दूध उत्पादन ‘सेतो सुन’ का रूपमा स्थापित हुँदै अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ। शताब्दी पुरानो परम्परा र आधुनिक प्रविधिको संयोजनले यस क्षेत्रलाई आर्थिक रुपान्तरणतर्फ डोरेको चीनियाँ अधिकारीहरूको भनाइ छ।

सिनजियाङको अल्ते क्षेत्रमा करिब पाँच सय परिवार यस व्यवसायमा संलग्न छन्। स्थानीय गोठाला बहात्यनुर्ल बिकानका अनुसार, २०११ मा ऊँटपालन सुरु गर्दा पहिलो वर्षमै एक लाख युआनभन्दा बढी आम्दानी भएको थियो। हाल भने उनको परिवारको वार्षिक आम्दानी १० देखि २० लाख युआन पुगेको छ।

स्थानीय कम्पनीहरूले दूध दुहाइका लागि मेसिन उपलब्ध गराएपछि दक्षता र शुद्धतामा सुधार आएको छ। गोठालाहरूले मासिक करिब ४०० किलो ऊँटको दूध आपूर्ति गर्ने गरेका छन्। संकलनपछि दूधलाई १२८ वटा मापदण्डमा परीक्षण गरी मात्र बजारमा पठाइने वाङ युआन बायोटेक्नोलोजी समूहका निर्देशक फ्यान जिनले जानकारी दिए।

फुहाई काउन्टीमा मात्रै ३६ हजारभन्दा बढी ऊँट र हजारभन्दा बढी गोठाला परिवार संलग्न छन्। तीमध्ये २५७ परिवारको वार्षिक आम्दानी १० लाख युआनभन्दा बढी छ भने केहीले ३.६५ मिलियन युआनसम्म कमाइ गरेका छन्।

स्थानीय बासिन्दाका लागि ऊँटको दूध आर्थिक समृद्धिको आधार मात्र नभई विश्व बजारसम्म जोड्ने ‘सेतो सुन’ बनेको छ।

Photo-(3)-(4)-1759055788.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्