नेभिगेशन
सलिमा

हनुमानढोकामा अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा फोटो प्रदर्शनी

काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले राजधानीको हनुमानढोकामा फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौं महानगरपालिकाको आयोजना तथा नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयोजनमा सुरु गरिएको प्रदर्शनी मेड इन काठमाडौं फेस्ट २०८२ अन्तर्गत सुरु भए पनि जेन–जी आन्दोलनका कारण केही समय स्थगित भएको थियो।

बिहीबार एक विशेष समारोहबीच पूर्वकुमारी मनिता शाक्य, एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त, पूर्व गणेश तथा भैरवहरुले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरेका हुन्।

प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यद्वारा खिचिएका करिब १०० तस्वीर समावेश छन्। इन्द्रजात्रासँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको प्रदर्शनीमा लाखे नाचको उत्साहदेखि साँघुरा गल्लीमा गुन्जिने धुन र डबलीमा देखिने उल्लासपूर्ण भीडसम्मका क्षणलाई तस्वीरमार्फत प्रस्तुत गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएका छन्।

WhatsApp-Image-2025-09-26-at-00.37.43_bdb2724f-1758845763.jpg
WhatsApp-Image-2025-09-26-at-00.37.44_ec0dd841-1758845759.jpg
WhatsApp-Image-2025-09-26-at-00.37.44_45da5b14-1758845758.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्